राष्ट्रियता र लोकतन्त्रको पहरेदार– जयनेपालन्यूज


  • Jaynepalnews
  • आइतवार, साउन ३२, २०७७

सात दशक लामो राजनीतिक संघर्षले आम नेपाली जनतालाई के दियो ? अझैं कैयौ वर्ष अनुत्तरित भई बाँचिरहने छ यो प्रश्न ।

संकटमा जनतालाई साथ दिने भन्दा ‘मौका छोप्ने’ राजनीतिक प्रवृत्तिविरुद्ध मन्द गतिमै भएपनि विद्रोहको चेत बढ्दो छ ।

जनक्रान्ति,जनआन्दोलन होस् वा ‘जनयुद्ध’, बलिदानी त जनताकै भएको छ । देशका लागि बलिदान दिनेहरुको आवाज निभ्न नदिन, राष्ट्रियता र लोकतन्त्रको पक्षमा बलियो खबरदारीको महसुस सर्वत्र गर्न थालिएको छ ।

सिद्धान्तमा निष्पक्ष भनिएपनि पत्रकारिता यथार्थमा ‘पक्षपाती’ छ । हामी निष्पक्षताको दावी गर्दैनौ ।

‘राष्ट्रियता, लोकतन्त्र र जनताका सवालमा’ बलियो पक्षधरता नै हाम्रो पत्रकारिता हो ।

जय नेपाल न्यूज डटकमको पुनः संप्रेषण सुुरु गरेका छौं । यहाँहरुको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौं । हाल परीक्षणका रुपमा उपस्थित हामी छिट्टै नै पूर्णकालीन रुपमा उपस्थित हुनेछौं ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology