गण्डकी प्रदेशमा आइतबार थप २९ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • आइतवार, भदौ २८, २०७७

२८ भदौ, गण्डकी । गण्डकी प्रदेशमा आइतबार विहान थप २९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा लमजुङका १० जना, नवलपरासी पूर्वका ६ जना, गोरखाका ७ जना, स्याङजाका एक जना र तनहुँका ५ जना रहेका छन् ।

सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८१४ रहेको छ भने निको हुने दर ६१।११ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म २९६८ जना संक्रमित भएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology