
२९ भदौ, वीरगन्ज । नेपाल-भारत सिमा क्षेत्रमा पर्ने जङ्गे पिलरहरुको खोजी कार्य सुरू भएसँगै सशस्त्र प्रहरी सिमा सुरक्षा बलले पनि पर्सा जिल्लामा पर्ने पिलरहरूको खोजी तथा अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपि (बोर्डर आउट पोष्ट) ले भिखमपूर अन्तरर्गत पर्ने २०० को हाराहारीमा रहेको पिलरहरूको खोजी तथा अनुगमन सम्पन्न गरेको हो ।
पिल्लर नम्बर ४१६र६ देखि ४२४र१३ सम्म खोजी तथा अनुगमन कार्य समाप्त भएको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिखमपुर र भारतका सिमा सुरक्षा बल एसएसबीको टोलीले संयूक्त रूपमा ग्रामिण भेगमा पर्ने १८ किलो मिटर सीमा क्षेत्रमा पर्ने जङ्गे पिलरहरुको समेत अनुगमन गरेको छ ।
पर्साको धोवनी गाउँपालिका वडा नम्बर १ घोडदौडदेखि जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ पिपराडीसम्म अनुगमन गरिएको बिओपी भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ्गले बताएका छन् ।