
काठमाडौं । नेपालमा मंगलबार एकै दिन थप १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एकै दिनमा संक्रमित हुनेमा यो हालसम्मकै उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत गत २४ घण्टामा एक हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै हालसम्म कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
त्यस्तै, डिस्चार्ज हुनेको संख्या अहिलेसम्म १७ हजार ५ सय ८० जना पुगेको मन्त्रालयले जनाएको छ ।