
२९ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा आफु विश्वस्त भएको बताएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले कुलमानले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् भन्दै घिसिङको योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेमा आफु बिस्वस्त रहेको बताएका छन् ।
उनले भनेका छन्
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।