विश्वभर २ करोड ९१ लाखभन्दा बढी कोरोना संक्रमित


  • Jaynepalnews
  • सोमवार, भदौ २९, २०७७

२९ भदौ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो २४ घण्टामा अहिलेसम्म कै धेरै कोरोना संक्रमित भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ९३० जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर २ करोड ९१ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

डब्लुएचओका अनुसार यसअघि सेप्टेम्बर ६ मा एकै दिन ३ लाख ६ हजार ८५७ जना संक्रमित भएका थिए ।

पछिल्लो २४ घण्टामा भारतमा सबै भन्दा बढी ९४ हजार ३७२ जना संक्रमित भएको डब्लुएचओले जनाएको छ । त्यस्तै अमेरिकामा ४५ हजार ५२३ र ब्राजिलमा ४३ हजार ७१८ जना संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजार भन्दा बढीको मृत्यु भएको छ भने ब्राजिलमा ८७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ५५ सयको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।

योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख २८ हजार नाघेको छ ।

पछिल्लो अपडेट अनुसार अमेरिकामा ६७ लाख संक्रमित भएका छन् भने एक लाख ९८ हजारको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ४३ लाख ३० हजार संक्रमित भएका छन् भने एक लाख ३१ हजारको मृत्यु भएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४८ लाख भन्दा बढी संक्रमित भएका छन् भने ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology