कलाकार दीपक राज गिरीद्वारा कुलमानको नियुक्तिमा दबाब दिन ८ बजे पाँच मिनेट बत्ति निभाउन अपिल


  • Jaynepalnews
  • सोमवार, भदौ २९, २०७७

२९ भदौ, काठमाडौँ । कलाकार दीपक राज गिरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिका लागि हरेक दिन राति ८ बजे पाँच मिनेटका लागि बत्ति निभाएर दबाब दिन अपिल गरेका छन् ।

सामाजिक संजालमा अपिल गर्दै कलाकार गिरीले प्राधिकरणमा घिसिङको पुनर्नियुक्तिका लागि हरेक दिन राति ८ बजे पाँच मिनेटका लागि बत्ति निभाएर दबाब दिने अभियानमा ऐक्यवद्धता प्रकट गर्न आव्हान गरेका हुन् ।

घिसिङको प्राधिकरणमा चार बर्षे कार्यकाल आइतबारबाट सकिएको छ ।

सरकारले घिसिङलाई पुनर्नियुक्ति गर्ने बताइरहे पनि समयमा नियुक्ति नहुदा अहिले प्राधिकरणको प्रमुख पद खाली भएको छ ।

घिसिङलाई प्राधिकरणमा पुनर्नियुक्ति गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रस्ताव क्याबिनेटमा लैजाने तयारी गरेको भनिएपनि यस बारेमा अहिलेसम्म ठोस जानकारी बाहिर आएको छैन । अपुष्ट जानकारी अनुसार आज बस्ने क्याबिनेटमा घिसिङको पुनर्नियुक्तिको प्रस्ताव पेश हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology