नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु


  • Jaynepalnews
  • सोमवार, भदौ २९, २०७७

२९ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँककी ६१ बर्षिय, गोरखाकी ६३ बर्षिय, नवलपरासीकी ६२ बर्षिय, पर्साकी ५५ बर्षिय र कपिलवस्तुकी ४७ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ५ जना रहेका छन् । जसमा ७७, ६२, ७३, ८५ र ७० बर्षिय पुरुष रहेका छन् । त्यस्तै ललितपुरका ५५ बर्षिय पुरुष, भक्तपुरका ७३ बर्षिय पुरुष र रामेछापका २३ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology