कमल थापाद्वारा प्रकाश चन्द्र लोहनीलाई पार्टी एकता बारे भ्रम छर्न खोजेको आरोप


  • Jaynepalnews
  • मङ्लबार, भदौ ३०, २०७७

३० भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा एकीकरणपछि विवाद बढेर जाने संकेत देखिएको छ ।

पार्टी अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीलाई पार्टी एकता बारे भ्रम छर्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले डा। लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गरेको बताउदै त्यो पार्टी एकताको भावना विपरित रहेको बताएका छन् । उनले डा। लोहनीको विचार एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिएको टिप्पणी गरेका छन् ।

थापाले भनेका छन् (

ुडा।प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ,त्यो पार्टी एकताको भावना विपरित छ‌। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ ।ु

डा। लोहोनीले एक टिभी अन्तर्वार्तामा कानुनी रुपमा अझै पार्टी एकता नभएको बताउदै चुनाव चिन्ह हलोमा भद्र सहमति भएको दाबि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology