
३० भदौ, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव पेस नभएको बुझिएको छ ।
एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठक यस सम्बन्धि प्रस्ताव नै नआएको बताइएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद आइतबार सकिएको छ ।
कुलमानलाई पुनर्नियुक्ति गरिने तयारी गरिएको बताइएपनि सरकारले अझै निर्णय गरेको छैन ।
आम नागरिकले कुलमानलाई पुनर्नियुक्ति दिनुपर्ने भन्दै सामाजिक संजाल र मिडियामा दबाब दिने क्रम बढ्दै गएको छ ।