
३० भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा काठमाडौँकी ८६ बर्षिय, सिराहकी ३५ बर्षिय, बाराकी ५५ बर्षिय र रुपन्देहीकी ६४ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ३ जना रहेका छन् । जसमा ३४, ९६, ६६ बर्षिय पुरुष रहेका छन् ।
त्यस्तै सर्लाहीका ६४ बर्षिय, मकवानपुरका ६१ बर्षिय, बाराका ५५ बर्षिय र कपिलवस्तुका ५८ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।