महामन्त्री कोइराला अस्पताल भर्ना


  • Jaynepalnews
  • बुधबार, भदौ ३१, २०७७

३१ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

उनलाई मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

अस्पतालका प्रवक्ता विनोद अधिकारीले हल्का ज्वरो र रुघाखोकी देखिएकोले मंगलबार साँझ भर्ना गरिएको खरीबोटलाई जानकारी दिएका छन् । अधिकारीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि पछि उनी होम आइसोलेसनमै रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology