सवारीसाधनको अंग्रेजी नम्बर प्लेटप्रति नेपाल शिक्षक महासंघको आपत्ति


  • Jaynepalnews
  • बुधबार, भदौ ३१, २०७७

३१ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले सवारीसाधनमा अंग्रेजीमा राखिएको इम्बोस्ड नम्बर प्लेटप्रतिआपत्ति जनाएको छ।

महासंघले एक विज्ञप्ति निकाल्दै, हालै सर्वोच्च अदालतले सवारीसाधनमा देवनागरी लिपिमा रहेको नम्बर प्लेट हटाएर अंग्रेजी इम्बोस्ड नम्बर प्लेट राखेकोप्रति घोर आपत्ति जनाएको हो।

सर्वोच्चको यस निर्णयले नेपाली भाषाको पहिचान र अस्तित्वमाथि आक्रमण भएको महासंघले ठहर गरेको छ। फैसला अकल्पनीय भएको र सर्वोच्च अदातलबाटै यस्तो निर्णय हुनु निन्दनीय कुरा भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

सर्वोच्चको यस असंवैधानिक फैसलाविरुद्ध मानक नेपाली भाषा अभियान अन्तराष्ट्रियको नेतृत्वमा चालिएको कदमप्रति ऐक्यबद्धता प्रकट गर्दै तत्काल फैसला बदर गरी नेपाली भाषामै कायम गर्न महासंघको माग छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology