कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुग्यो


  • Jaynepalnews
  • बुधबार, भदौ ३१, २०७७

३१ भदौं, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँका दुई महिला ७१ बर्षिय र ७४ बर्षिय रहेका छन् भने बाराकी ४६ बर्षिय तथा काभ्रेकी ५५ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा सुनसरीका ७० बर्षिय, सप्तरीका ३५ बर्षिय, काभ्रेका ४१ बर्षिय तथा कास्कीका ७० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology