
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले पार्टीका नेता(कार्यकर्तासँग शुभचिन्तकहरुलाई चिन्तित नहुन आग्रह गरेका छन् ।
उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफू अस्पतालमा अझै २-३ दिन बस्ने पनि जानकारी दिएका छन् । “म कोभिड-१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु ।
तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई-तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ,” महामन्त्री कोइरालाले भिडियो सन्देशमा भनेका छन् ।