प्रधानमन्त्रीद्वारा मोदीलाई जन्मदिनको शुभकामना


  • Jaynepalnews
  • बिहिबार, अशोज १, २०७७

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिएका छन्।

मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको जन्म दिनको शुभकामना दिँदै स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।

ट्विटमा उनले दुई देशको सम्बन्धलाई बलियो बनाउन दुबै जनाले निकट भएर काम गर्ने उल्लेख गरेका छन्। ‘प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई तपाईको जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन। म तपाईलाई राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु। हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं’, ओलीले ट्वीटमा भनेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology