
१ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गरेकी छन् ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेको जानकारी दिएको छ ।
सरकारले भदौ २९ गते नेकपाका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिश गरेको थियो ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली रहेको थियो ।