निर्वाचन आयोगमा नयाँ नेकपा एमाले दर्ता भयो


  • Jaynepalnews
  • बुधबार, भदौ ३, २०७७

काठमाडौं । निर्वाचन आयोगले नेकपा–एमाले नामको राजनीतिक दल दर्ता गरेको छ। तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी–केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि सो एमाले नाम खालि थियो।

गत असारमा सन्ध्या तिवारीको नेतृत्वमा एक समुहले नेकपा–एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।

एमाले दल दर्ताका लागि सो समुह आयोग पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुबीच विवाद भएको थियो।

प्रचण्ड र पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीले नै सो पार्टी दर्ता गर्ने पहल गरेको आरोप लगाएका थिए।

गतमहिना कार्यकारी अध्यक्ष प्रचण्डले समेत एक सार्वजनिक कार्यक्रममै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै सक्रियतामा निर्वाचनमा आयोगमा नेकपा–एमाले दर्ताका लागि निवेदन दिइएको बताएका थिए।

उनले यस्तै गतिबिधिले गर्दा नेकपा गम्भीर विवाद र संकटमा परेको दाबी गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology