
असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा मोरङकी ६४ बर्षिय, चितवनकी ३६ बर्षिय र कैलालीकी ५७ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ८७ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।