
२ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पेरिसडाँडामा बस्ने भनिएको आजको बैठक स्थगित भएको जानकारी दिदै बैठक असोज ४ गते बस्ने बताएका छन् ।
आइतबार बिहान ११ बजे पेरिसडाँडामै बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
यस पटकको सचिवालय बैठक भने प्रधानमन्त्री निवास बालुवाटार बाहिर जनसंगठनहरूको कार्यालय रहेको स्थान पेरिसडाँडामा बस्न लागेको छ ।
पार्टी एकतालगत्तै नेकपाले धुम्बाराहीलाई मुख्यालय र पेरिसडाँडामा जनसंगठनहरूको कार्यालय राख्ने निर्णय गरेको थियो ।
नेकपाको सचिवालय बैठक पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा बस्न लागेको पहिलो पटक हो ।
गत साता स्थायी कमिटी बैठकले प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार प्रत्यायोजन गरेपछि पहिलोपटक पेरिसडाँडामा सचिवालय बैठक बस्न लागेको हो ।
सचिवालय बैठकका एजेन्डाहरु समसामयिक राजनीतिक विषय रहेको बताइएको छ ।
नेकपाका एक नेताले सम्भवत संबैधानिक निकायहरुमा गरिने नियुक्तिका विषयमा छलफल हुनसक्ने बताए ।