वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीद्वारा गम्भीर आपत्ति व्यक्त


  • Jaynepalnews
  • शुक्रबार, अशोज २, २०७७

२ असोज, काठमाडौँ । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति व्यक्त गरेको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै

गौतमको राष्ट्रिय सभामा मनोयन नेपालको लोकतन्त्रको घातक विडम्बना बताएका छन् ।

सजाले यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो भन्दै लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको बताएको छ ।

यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनस् एक पटक ुतिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको साझाको ठहर छ ।

साझाले भनेको छ, ुसंविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।ु

साथै संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साझाले आग्रह गरेको छ ।

साझा पार्टीले नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याईए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology