
२ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा काठमाडौँकी ८५ बर्षिय र ललितपुरकी ६६ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ८८ बर्षिय पुरुष, मोरङका दुई जना ६६ बर्षिय पुरुष, भक्तपुरका ८२ बर्षिय पुरुष र नवलपरासीका ३१ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।