
प्रसन्न मुलिक,काठमाडौं । कोरोना संक्रमण देखिएपछि उपचारका लागि काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार भएपछि चिकित्सकले कोइरालालई डिस्चार्ज गरेका हुन् । डिस्चार्जपछि निजी निवास महाराजगञ्ज फर्कने क्रममा महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा रहेका डा. कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । डिस्चार्जपछि पनि महामन्त्री कोइराला थप एक साता होम आइसोलेसनमै रहने सचिवालयले जनाएको छ ।
मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा…
Gepostet von Dr Shashank Koirala am Samstag, 19. September 2020