मेरो पक्षमा आन्दोलन नगर्नु : कुलमान घिसिङ


  • Jaynepalnews
  • शनिबार, अशोज ३, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तामान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिन सर्बसाधरणलाई आग्रह गरेका छन्।

कुलमानको पुनर्नियुक्तिको माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन हुन थालेपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले कोरोना महामारीको संवेदनशील अवस्था रहेको भन्दै सडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह गरेका हुन्। उनले देशभर भइरहेका प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन्।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology