नेकपाको सचिवालय बैठक बस्दै


  • Jaynepalnews
  • आइतवार, अशोज ४, २०७७

४ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बस्दैछ ।

शुक्रबार बोलाइएको बैठक स्थगित भएपछि सचिवालय बैठक आज बस्ने गरी सारिएको थियो ।

बिहान ११ बजे पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय भएको हो ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो ।

सचिवालय बैठकले पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुर्नगठन, समसामयिक राजनीतिक घटनाक्रम लगाएतको विषयमा छलफल गर्ने सचिवालयका एक सदस्यले जानकारी दिए ।

विभाजनको संघारमा पुगेको नेकपा गत भदौ २६ मा बसेको स्थायी समिति बैठकले विवाद टुंगाएको थियो ।

नेकपामा दुई अध्यक्षको कार्यविभाजन भएपछि प्रचण्डले पार्टीको जिम्मेवारी पाएपछि पहिलो पटक सचिवालय बैठक पेरिसडाँडामा बस्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology