कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एकजना सैनिकको मृत्यु


  • Jaynepalnews
  • आइतवार, अशोज ४, २०७७

४ असोज, काठमाडौं । कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपाली सेनामा कार्यरत एकजना सैनिकको मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ३४ वर्षीय ती सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology