
४ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ६ जना महिला र ४ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा काठमाडौँका तीन महिला रहेका छन्, जसमा ४०, ६० र ६३ बर्षिय महिला रहेका छन् भने ललितपुरकी ७५ बर्षिय, भक्तपुरकी ७२ बर्षिय र पाल्पाकी ४० बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा धनुषाका ७६ बर्षिय, काठमाडौँका ८२ बर्षिय, चितवनका ८० बर्षिय र रुपन्देहीका ६७ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।