
५ असोज, काठमाडौँ । भारतीय राज्य सभाका ८ सांसद एक साताका लागि निलम्बित भएका छन् ।
राज्य सभामा हंगामा गरेको भन्दै राज्यसभाका अध्यक्षले आठ सांसदलाई एक साताका लागि निलम्बित गरेका हुन् ।
निलम्बित हुने विपक्षी सांसदहरुमा डेरेक ओ ब्रायन, संजय सिंह, राजू सातव, केके रागेश, रिपुन वोरा, सैयद नजीर हुसेन र एलमरन करीम रहेका छन् ।
उनीहरुलाई आइतबार राज्य सभाका उपाध्यक्षलाई दुर्व्यबहार गरेको आरोप लगाइएको छ ।
राज्य सभाका अध्यक्ष वेंकैया नायडूले राज्य सभाको लागि आइतबार नराम्रो दिन भएको भन्दै निलम्बन गरेको घोषणा गरेका थिए ।
आइतबारको राज्य सभामा विपक्षी सांसदहरुले बेल घेराउ गर्दै उपाध्यक्षमाथि पेपर फालेका थिए भने माइक तोड्ने देखि रुल बुक फालिदिएका थिए । कृषि विधेयकमा बहसको बेला सो हंगामा भएको थियो ।