नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • सोमवार, अशोज ५, २०७७

५ असोज, काठमाडौं । नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ११ सय ५४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४७ हजार २३८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख २३ हजार ८२३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७ हजार ४०३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ८ हजार ६९० जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३१ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १९६ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology