नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु


  • Jaynepalnews
  • सोमवार, अशोज ५, २०७७

५ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र १३ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा मकवानपुरकी १७ बर्षिय, ललितपुरकी ५८ बर्षिय र दोलखाकी ५२ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका २ जना ५८ र ७३ बर्षिय, भक्तपुरका २ जना ८४ र ६२ बर्षिय, बाँकेका २ जना ५० र ५९ बर्षिय रहेका छन् भने, झापाका ७२ बर्षिय, सुनसरीका ४९ बर्षिय, पर्साका ८८ बर्षिय, मकवानपुरका ६८ बर्षिय, ललितपुरका ६१ बर्षिय, चितवनका ५५ बर्षिय, रुपन्देहीका ६७ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology