
६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक आज बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठकमा यसअघि पेस गरिएको कार्यसूचीमा छलफल हुनेछ। कार्यसूचीमाथि थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको हो। गत आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो।
तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो। आजको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो । संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।