
६ असोज, काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्र्सना गरेको छ ।
दलका प्रमुख सचेतक बालकृष्ण खाणले कोरोना भाइरस सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापतिलगायत नेताकार्यकर्तालाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाएका छन् ।
काँग्रेस संसदीय दलको अनुसार, प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत अन्य कार्यकर्ता घाइते भएका र जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय रहेको भन्दै विरोध गरेको छ ।
साथै गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीका दायरामा ल्याउन माग गरेका छन् ।