नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो


  • Jaynepalnews
  • मङ्लबार, अशोज ६, २०७७

६ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काभ्रेकी ५० बर्षकी महिला छन् भने काठमाडौँका ५० बर्ष पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology