नेकपाले संबैधानिक निकायमा नियुक्ति गर्न सरकारलाई दिएको निर्देशनप्रति कमल थापाको आपत्ति


  • Jaynepalnews
  • बुधबार, अशोज ७, २०७७

७ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संबैधानिक निकायमा नियुक्ति गर्न सरकारलाई दिएको निर्देशनप्रति आपत्ति व्यक्त गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारी/संबैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्बसत्तावादी र कम्युनिष्ट व्यवस्थामा मात्र हुने टिप्पणी गरेका छन् ।

उनले प्रजातन्त्रमा यस्तो नहुने बताएका छन् ।

अध्यक्ष थापाले चुनावी घोषणापत्र अनुसार कामगर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्छ भन्दै सरकार संबिधान अनुसार चल्नुपर्ने बताएका छन् ।

उनले भनेका छन् –  

‘चुनावी घोषणापत्र अनुसार कामगर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्छ । सरकार संबिधान/कानुन अनुसार चल्नुपर्छ । सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारी/संबैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादी/कम्युनिष्ट व्यवस्थामा मात्र हुन्छ । प्रजातन्त्रमा हुदैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology