वामदेव गौतम विरुद्धको मुद्दाको पेसी चढ्यो


  • Jaynepalnews
  • बुधबार, अशोज ७, २०७७

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम बिरुद्ध परेको रिटको बुधबार सुनुवाइ हुदैछ । गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयन विरुद्ध परेको रिटमा बुधबार पेसी चढेको छ ।

अधिवक्ताद्धय दिनेश त्रिपाठी र बद्रीराज भट्ट ले वामदेव गौतम बिरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटउपर बुधबार पेसी चढेको हो ।
उक्त मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको बेञ्चमा परेको छ ।

मुद्दामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, राष्ट्रियसभा सचिवालय र वामदेव गौतमलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology