थप दुईजना कोरोना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • बुधबार, अशोज ७, २०७७

७ असोज, काठमाडौं । ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए। यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology