सीमा अतिक्रमणको विरोध गर्दै चिनियाँ दूतावास अगाडि युवाहरुको प्रदर्शन


  • Jaynepalnews
  • बुधबार, अशोज ७, २०७७

७ असोज, काठमाडौं । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

मंगलबार प्रदर्शनकारी युवाहरुले सीमा अतिक्रमण बन्द गर्न माग गर्दै मिचिएको भूमि फिर्ता गर्न र पुरानो सन्धि लागू गर्न मागर गरेका छन् ।

प्रदर्शनमा युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका प्लेकार्डसहित उपस्थित भएका थिए । प्रहरीले प्रदर्शनकारीलाई लामो समय प्रदर्शन गर्न भने दिएन ।

हुम्लाको नाम्खा गाउँपालिका(६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ११ वटा भवन निर्माण गरेको विषय अहिले बाहिर आएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गर्दै अध्ययन रिपोर्ट केन्द्रमा पठाइसके पनि परराष्ट्र मन्त्रालय भने यस विषयमा अहिलेसम्म मौन रहेको छ । स्थानीयहरुले सीमको ११ नम्बर स्तम्भ नभेटिएको बताउदै १२ नम्बर स्तम्भको आधारमा चीनले भवन बनाएको क्षेत्र नेपालमा पर्ने बताएका छन् ।

यसैबीच चिनियाँ दुताबासले भने सो क्षेत्र चीनमै पर्ने दाबि गर्दै नेपालले चाहेमा पुन प्रमाणीकरण गर्न सक्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology