कोरोनाबाट थप ७ जनाको मृत्यु


  • Jaynepalnews
  • बुधबार, अशोज ७, २०७७

७ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँकी ६८ बर्षकी महिला छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका १६ बर्षका पुरुष, बर्दियाका दुई जना ६४ र ३९ बर्षका पुरुष, झापाका ८६ बर्षका पुरुष, सिराहाका ५० बर्षका पुरुष र ललितपुरका ७४ बर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology