थप दुई जना कोरोना संक्रमितको मृत्यु


  • Jaynepalnews
  • बिहिबार, अशोज ८, २०७७

८ असोज, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ निवासी ५० बर्षिय पुरुष र नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ३ का ४९ बर्षिय पुरुष रहेका छन् ।

कपिलवस्तुका पुरुष असोज १ गते कोरोना अस्पतालमा भर्ना भएको र उपचारको क्रममा विहिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई उच्च ज्वरो, मधुमेह र श्वासप्रश्वास सम्बन्धि समस्या रहेको अस्पतालले बताएको छ ।

त्यस्तै नवलपरासीका पुरुष भदौ २७ गतेदेखि कोरोना अस्पतालमा भर्ना भएको र उनको गए राति ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई उच्च ज्वरो, दिर्घ रोगी, कलेजोमा समस्या र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology