चीन कै भूमिमा संरचना निर्माण गरिएको हो : प्रवक्ता प्रदीप ज्ञवाली


  • Jaynepalnews
  • बिहिबार, अशोज ८, २०७७

८ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका छन् ।

हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका हुन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भन्दै स्थलगत अध्ययनका लागि टोली गएको बताएका छन् ।

उक्त क्षेत्रमा चीनले सीमाभन्दा १ किलोमिटर टाढा चिनियाँ भूमिमा संरचना निर्माण गरेको पनि मन्त्री ज्ञवालीको भनाइ थियो ।

उनले भने, ुयस्तैखालका समाचार सम्प्रेषण २०७३ सालमा पनि भएको रहेछ । त्यतिबेला अन्तरमन्त्रालय छानबिन समिति खडा गरेर त्यसले स्थलगत अध्ययन गरेर आएको प्रतिवेदनमा एक किलोमिटर चिनियाँ भूभागमा संरचना बनाएको पाइएको रहेछ।ु

उनले भने, ुनेपाल(चीन बीचमा सीमा समस्या छैनन् । कहिँकतै छन् भने त्यस्तो समाधान गर्ने संयन्त्र छन् ।ु

उनले दुई देशबीचको सीमाबारेका समाचारलाई पुष्ट्याइँ गरेर मात्रै सम्प्रेषण गर्न आग्रह गर्दै सीमाका विषय संवेदनशील भएको कुरा बुझिदिनुपर्ने बताए ।

सीमा नजिकै चीनले संरचना निर्माण गरेको भनिएपछि निरीक्षणका लागि हुम्लाबाट सरकारी अधिकारी र सुरक्षा निकायका प्रतिनिधि गएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले थप विषय उक्त टोली आएपछि पत्ता लाग्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology