पुर्व जिल्ला अध्यक्ष देवकोटाको उपचारार्थ आर्थिक सहयोग गर्नेहरुलाई तरुण दलद्वारा धन्यवाद ज्ञापन


  • Jaynepalnews
  • बिहिबार, अशोज ८, २०७७

८ असोज, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मिर्गौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्वअध्यक्ष    दिएका छन् ।

बस्नेतले बिहीबार विज्ञप्ति जारी गरेर उपचारको लागि दुई लाख २३ हजार ४० रुपियाँ संकलन भएको जनाउदै स्वदेश र विदेशमा रहेर पनि तरुण नेताको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्ने सबैलाई विशेष स्मरण गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्का, नेपाली कांग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरिकाबाट दुई लाख तेईस हजार चालीस रुपियाँ सहयोग संकलन गरिएको छ ।

‘प्रवासमा बसेर पनि संगठनका एक योद्धाप्रति अपार माया र सदभाव देखाउनुभएकोमा तपाईहरू सम्पूर्ण सहयोगी मनहरूप्रति नेपाल तरुण दल केन्द्रीय समिति मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बस्नेतले सुनसरी तरुणका पूर्व अध्यक्ष दुर्गा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology