राप्रपाले बनायो विधान मस्यौदा समिती


  • Jaynepalnews
  • बिहिबार, अशोज ८, २०७७

८ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद समाधान भएपछि अब एकीकरणको प्रक्रिया पुरा गर्न लागेको छ ।

यसैबीच राप्रपाका त्रय अध्यक्षको बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । तीन अध्यक्ष अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको पार्टी केन्द्रिय कार्यालय चाबहिलमा सम्पन्न बैठकमा पार्टी एकता आधारपत्र बमोजिम बिधान मस्यौदा पेश गर्न ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेका छन् ।

राप्रपा नेता निरन्जन थापाको संयोजकत्वमा गठन गरिएको बिधान मस्यौदा समितिमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

त्यस्तै पार्टीको सचिवालय  कार्य ब्यबस्था समितिको बैठक आगामी असोज ११ गते तोकिएको पनि बर्तौलाले खरीबोटलाई जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology