
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोनामुक्त भएका छन्। पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।
महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी शनिबार डिस्चार्ज भएका हुन्।