
८ असोज, काठमाडौं । नेपालमा थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १४ सय ९७ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५० हजार ४११ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२.७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ४४९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ५५ हजार ९२३ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ६ हजार ५६५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६१४ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ९ हजार ८२३ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा २८ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २३२ जना रहेका छन् ।