नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु


  • Jaynepalnews
  • बिहिबार, अशोज ८, २०७७

८ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र १२ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँकी ८२ बर्षकी, मोरङकी ५५ बर्षकी, सुनसरीकी ८१ बर्षिय, भक्तपुरकी ७३ बर्षिय र धादिङकी ३२ बर्षिय महिला छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ३ जना ७५, ७९ र ८० बर्षका पुरुष रहेका छन् भने धनुषाका २ जना ६८ र ७० बर्षका पुरुष रहेका छन् ।

त्यस्तै झापाका ७८ बर्षिय, भक्तपुरका ८४ बर्षिय, तनहुँका ३९ बर्षिय, दाङका ३९ बर्षिय, कपिलवस्तुका ५० बर्षिय र नवलपरासीका ५५ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology