ओली-प्रचण्ड मन्त्रिमण्डल पुनगर्ठनको गृहकार्यमा


  • Jaynepalnews
  • शुक्रबार, अशोज ९, २०७७

९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा लागेका छन् । त्यसका लागि दुई नेता लगातारभेटवार्ता र संवादमा जुटेका छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् ।

बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।

‘मन्त्रिमण्डल पुनगर्ठनबारे दुई अध्यक्षबीचमा बिहीबारबाट औपचारिक रुपमा छलफलको सुरुवात भएको छ । छिटटै यसबारे उहाँहरु ठोस निर्णयमा पुग्ने बुझिएको छ’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यको भनाइ छ ।

यसअघि गत आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवाश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गर्न प्रस्ताव गरिएको थियो । जसमा विभिन्न तीन विकल्पमा छलफल भएपनि कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।

अध्यक्ष प्रचण्ड दुई वर्ष कार्यकाल पुरा गरेका सवै मन्त्रिहरु फेर्नुपर्ने पक्षमा छन् भने ओली त्यसो गर्र्ने पक्षमा छैनन् । प्रचण्डको यस्तो प्रस्तावमा अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि सहमत छन् ।

प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीचको भेटवार्तामा सकभर समावेशी ढंगको नयाँ मन्त्रिमण्डल बनाउनेबारेमा कुराकानी भएको बताइएकोे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology