राष्ट्रपति ट्रम्पविरुद्ध भतिजी म्यारीले दायर गरिन् धोखाधडीको मुद्धा


  • Jaynepalnews
  • शुक्रबार, अशोज ९, २०७७

९ असोज, काठमाडौँ । म्यारी ट्रम्पले आफ्ना काका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लाखौं मिलियन डलर तिर्न अस्विकार गर्दै आफुलाई बारम्बार धोका दिएको र अन्याय गरेको भन्दै आरोप लगाएकी छिन् ।

डोनाल्ड ट्रम्पकी भतिजी म्यारी ट्रम्पले आफ्नो संस्मरणमा ट्रम्पको व्यक्तित्व राम्रो नभएको बताउदै बिहिवार राष्ट्रपति ट्रम्पसहित अन्य परिवारका सदस्यविरुद्ध मुद्धा दर्ता गरेकी छिन् ।

उक्त उजुरीमा डोनाल्ड ट्रम्प, उनकी दिदी मर्यन ट्रम्प बेरी र अगष्टमा मृत्यु भएको दाइ रबर्ट ट्रम्पले आफुलाई धोका दिएको र अन्याय गरेको बताएकी छिन् ।

उनले आफ्नो दाइदिदीले सन् १९९९ मा मृत्यु भएका आफ्नो बुबा सिनियर फ्रेड ट्रम्पले खडा गरको घरजग्गा सम्पत्तिमा कब्जा गरेको र उक्त सम्पत्ति धनी बन्नको लागि उपभोग गरको आरोप लगाएकी छिन् ।

न्युयोर्क राज्यको म्यानह्याटन अदालतमा दर्ता गरिएको उक्त मुद्धामा भनिएको छ, ुधोका र ठगि पारिवारिक काम मात्र नभई जीवनको एउटा शैली हो ।ु

डोनाल्ड ट्रम्पका वकिल जय सेकुलोले यस विषयमा कुनै तत्काल प्रतिक्रिया दिएका छैनन् ।

व्हाइट हाउस प्रेस सेक्रेटरीको अनुसार, म्यारी ट्रम्पलाई एउटा मात्र धोका भएको छ र त्यो हो केवल आफुलाई सक्षम नभएको बताउनु ।

किन यसले सबैको घ्यानकेन्द्रित गरेको छ रु

ट्रम्प ब्यारी एक संघीय मुद्धा लड्ने न्यायाधिश हुन् र उनको कार्यकाल सकिसकेको छ, त्यसैले पनि उनको केहि प्रतिक्रिया आएको छैन र रबर्ट ट्रम्पको प्रतिनिधी गर्ने वकिलको पनि कुनै प्रतिक्रिया आएको छैन ।

अमेरिकी राष्ट्रपति निर्वाचनको छ हप्ता अगाडी डोनाल्ड ट्रम्पले चुनाव जित्ने केहि लक्षण देखिएको समयमा म्यारी ट्रम्पको यस मुद्धाले पुन चर्चा पाएको छ ।

न्युयोर्क अर्टार्नी जनरल लेतिता जेम्सको अनुसार, ट्रम्पले छुट्टै म्यानह्याटन जिल्ला न्यायधिस साइरस भान्सलाई आपराधिक छानबिनको कर फिर्ता गर्न प्रयास गर्दै छन् र आफ्नो ऋण तथा कर छूट पाउनको लागि सम्पत्ति विवरणलाई गलत पेश गरेको आरोपमा एक सिभिल अनुसन्धानको सामना गरिरहेका छन् ।

मनोवैज्ञानिक म्यारी ट्रम्पले गरेको उजुरीमा हालै भएको आरोपहरु सबै सार्वजनिक गरेकी छिन् र कसरी आफ्नो परिवारले विश्वको सबैभन्दा खतरनाक व्यक्तिको संरचना गरको बताएकी छिन् । उनले भनिन्, “ उनी १६ वर्षको हुँदा सन् १९८१ मा बुबा फ्रेड ट्रम्पको निधन भयो र उनले आफ्नो परिवार डोनाल्ड, मर्यन र रबर्टको लागि व्यापारको बहुमुल्य स्टेकहरु छोडेर गएका थिए ।

तर डोनाल्डले उनलाई सबै कुरा लुकाएको र पारिवारिक सम्पतिबाट बाहिर निकालेको आरोप लगाएकी छिन् ।

म्यारी ट्रम्प अहिले ५५ वर्षकी भईन् र उनले उक्त धोकाको लागि सन् २०१८ को अक्टोबर सम्म चुप लागेर बासिन् र जब ट्रम्पको कर तथा सम्पत्ति विवरणको बारेमा अनुसन्धान शुरु भएपछि अक्टोबरमा मुद्धा दर्ता गरिन् ।

उनको वकिलको अनुसार, ुउनको परिवारले गोप्यरुपमा उनलाई सम्पत्तिबाट निकालीदिए र झुट बोले साथै उनीसंग भएका सम्पत्तिलाई पनि फकाएर वास्तविक मूल्यभन्दा निकै कममा प्राप्त गरे । ु

अगष्ट १५ मा जब रबर्ट ट्रम्पको निधन भयो तब उनको परिवारले उनलाई उजुरी गर्न रोक्ने प्रयास असफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology