भारतमा प्रतिदिन १० लाख कोरोना परीक्षण हुने


  • Jaynepalnews
  • शनिबार, भदौ ६, २०७७

काठमाडौं । भारतले हरेक दिन १० लाखभन्दा बढी मानिसमा कोरोना परीक्षण गर्न थालेको जनाएको छ। आफूले १० लाखभन्दा बढी मानिसमा कोरोना परीक्षण गर्ने क्षमता हासिल गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै मन्त्रालयले गएको २४ घण्टामा भारतमा १० लाखभन्दा बढीमा कोरोना परीक्षण गरेको पनि उल्लेख गरेको छ। दश लाख परीक्षण गर्दा मन्त्रालयले गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

यो भारतमा एकैदिन देखिएका कोरोना संक्रमित संख्याको सबैभन्दा उच्च संख्या हो। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्।

भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology