भारतको विहार विधान सभाको निर्वाचन मिति घोषणा, तीन चरणमा हुने


  • Jaynepalnews
  • शुक्रबार, अशोज ९, २०७७

९ असोज, काठमाडौँ । भारतको विहार राज्यको विधान सभाको निर्वाचन मितिको घोषणा गरिएको छ ।

२४३ सदस्य रहेको बिहार विधान सभाआगामी नोभेम्बर २९ मा हुने भएको छ ।

भारतीय निर्वाचन आयोगले बिहारको बिधान सभा निर्वाचन तीन चरणमा गर्ने घोषणा गरेको छ ।

पहिलो चरणमा ७१ सिटमा अक्टोबर २८ मा मतदान हुने छ, त्यस्तै दोस्रो चरणमा ९४ सिटमा नोभेम्बर ३ मा हुने छ भने तेस्रो चरणमा ७८ सिटमा नोभेम्बर ७ मा निर्वाचन सम्पन्न हुने भएको छ ।

निर्वाचन आयोगले निर्वाचन कोरोना महामारीक कारण मतदान गर्ने समय बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म तोकेको छ ।

त्यस्तै निर्वाचन आयोगले मतगणना नोभेम्बर १० मा मतगणना हुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन मिति घोषणा संगै निर्वाचन आचारसंहिता लागु भएको घोषणा गरेको छ । साथै चुनावको प्रचार भने भर्चुअल रुपमा गर्नुपर्ने र घर घरमा पाँच जना भन्दा बढी जान नपाइने आयोगले बताएको छ ।

२४३ सदस्यीय बिहार बिधान सभामा अहिले लालु यादवको आरजेडीको सर्बाधिक ७३ सिट रहेको छ भने अहिलेका मुख्यमन्त्री नितिशकुमारको पार्टी जेडियुको ६९ सिट रहेको छ । त्यस्तै बिजेपीको ५४ सिट छ भने भारतीय कांग्रेसको २३ सिट रहेको छ ।

अघिल्लो निर्वाचनमा लालु यादव र नितिश कुमार मिलेर चुनाव लडेपनि बीचमा गठबन्धन टुटेपछि नितिशकुमारले बिजेपीसंग मिलेर सरकार बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology