
९ असोज, काठमाडौं । नेपालमा थप १३ सय १३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १३ सय १३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ५५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५१ हजार ८६६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३.४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार २६२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ६८ हजार १८५ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १० हजार ५२ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ३९ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२७ जना रहेका छन् ।